बीपीडब्लु लघुवित्तले माग्यो आइपिओ जारी गर्ने अनुमति

डिसी नेपाल
१७ असार २०७९ ९:१३

काठमाडौं। बीपीडब्लु लघुवित्त वित्तीय संस्थाले आइपीओ जारी गर्न अनुमति माग गरेको छ। कम्पनीले ९७ हजार कित्ता आइपिओ जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको हो।

कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ९७ लाख रुपैयाँ बराबरको आइपिओ जारी गर्न लागेको हो। यस आइपिओमा निष्काशन तथा बिक्री प्रबन्धकको काम मेगा क्यापिटल मार्केटले गर्नेछ।

हाल यस कम्पनीको चुक्ता पुँजी २ करोड ३ लाख रुपैयाँ छ। आइपीओ बिक्रीपश्चात चुक्ता पुँजी ३ करोड रुपैयाँ पुग्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *