प्रभु बैंकको ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

डिसी नेपाल
१७ असार २०७९ ९:२८

काठमाडौं। प्रभु बैंकले ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले संस्थापक सेयरधनी पूर्णमान शाक्यको नाममा रहेको उक्त सेयर बिक्रीमा ल्याएका हुन् ।

यस सेयरमा बैंककै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन्। यसको भाउ भने तोकिएको छैन ।

इच्छुक संस्थापक सेयरधनीहरुलाई बैंकले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागज प्रमाणसहित किन्न चाहेको सेयर कित्ताको व्यहोरा खुलाइ प्रभु बैंकको प्रधान कार्यालय बबरमहल काठमाडौंमा लिखित निवेदन पेस गर्न अनुरोध गरेको छ।

तोकिएको अवधिमा पर्याप्त आवेदन नपरे इच्छुक गैरसंस्थापक लगानीकर्तालाई सो संस्थापक समूहतर्फको सेयर बिक्री गर्ने बैंकले जनाएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *