आजको तरकारी तथा फलफूलको मूल्य यस्तो छ

डिसी नेपाल
१७ असार २०७९ १०:०२

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि विभिन्न तरकारी तथा फलफूलको थोक मूल्य विवरणअनुसार सानो लोकल गोलभेँडा प्रतिकेजी ५० रुपैयाँ रहेको छ। यस्तै, ठूलो भारतिय गोलभेँडा ११० रुपैयाँ रहेको छ।

रातो आलु मुडेको ३८ रुपैयाँ, सेतो आलु ३८ रुपैयाँ, सुकेको प्याज पनि ३८ रुपैयाँ नै रहेको छ । लोकल बन्दा प्रतिकेजी ४० रुपैयाँ काउली ३०, मुला लोकल ५०, भन्टा १५ रुपैयाँ रहको छ।

यसैगरी, तनेबोडी २० रुपैयाँ, घिउसिमी ५० रुपैयाँ राजमान ९० रुपैयाँ, चिचिन्डो १५, घिरौला २५, पाकेको फर्सी ३० रुपैयाँ भिन्डी १५ रुपैयाँ रहेको छ। पिँडालु ४० रुपैयाँ रायो साग ६० रुपैयाँ प्रतिकेजी रहेको विकास समितिले विवरणमा दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *