‘पुटिन यदि महिला भएको भए…’ भन्ने टिप्पणीको पुटिन आफैंले जवाफ दिए

डिसी नेपाल
१८ असार २०७९ १२:३४
2.0k
Shares

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार बेलायती प्रधानमन्त्री बोरिस जोनसनको ‘पुटिन महिला भएको भए युक्रेनमा आक्रमण गर्ने थिएनन्’ भन्ने भनाइलाई खारेज गरेका छन् । तुर्कमेनिस्तान पुगेका पुटिनले बिहीबार पत्रकार सम्मेलनमा बेलायती प्रधानमन्त्रीलाई जवाफ दिँदै पूर्व बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचरलाई उल्लेख गरे ।

उनले फकल्याण्ड टापुहरूमा मार्गरेट थ्याचरको आक्रमणलाई उद्धृत गर्दै जोनसनको ‘महिला सिद्धान्त’ अस्वीकार गरे। जोनसनले बुधवार भनेका थिए कि युक्रेनमा हमला गर्ने रुसको निर्णय विषाक्त पुरुषत्वको उत्कृष्ट उदाहरण हो। यससँगै उनले पुटिनको माचो छविको पनि खिल्ली उडाए ।

यसपछि बिहीबार पुटिनले जोनसनलाई निशाना बनाएर भने, ‘म इतिहासको घटनाक्रमलाई सम्झाउन चाहन्छु । जब मार्गरेट थ्याचरले फकल्याण्ड टापुहरूको लागि अर्जेन्टिनामा आक्रमण गर्ने निर्णय गरिन् । एउटी महिलाले आक्रमण गर्ने निर्णय गरिन् ।’

पुटिनले ४० वर्षअघि सन् १९८२ मा अर्जेन्टिनासँगको युद्धको आलोचना गरेका थिए । वास्तवमा, १९८२ मा अर्जेन्टिनाले दक्षिण एट्लान्टिकमा फकल्याण्ड टापुहरूको ब्रिटिश उपनिवेशलाई नियन्त्रण गर्ने प्रयास गर्यो, त्यसपछि बेलायतले अर्जेन्टिनासँग युद्ध लड्यो।

जोन्सनलाई निशाना बनाउँदै पुटिनले भने, ‘कहाँ फकल्याण्ड टापु र कहाँ बेलायत ? थ्याचरको कदम साम्राज्यवादी महत्वाकांक्षाबाहेक केही थिएन।’ रुसले धेरै पटक पूर्व युगोस्लाभिया, अफगानिस्तान र इराकमा पश्चिमी सैन्य हस्तक्षेपको आलोचना गरेको छ र यसलाई पश्चिमी साम्राज्यवाद र कपटको उदाहरण भनेको छ।

तर पुटिन आफैंमाथि आफ्नो दुई दशकको शासनकालमा साम्राज्यवादको आरोप लागेको छ । उनीमाथि रुसको सिमाना जबरजस्ती विस्तार गरेको आरोप पनि लागेको छ । उनले आफूले सोभियत संघको पतनलाई उल्टाउन चाहेको बताएका छन् ।

यो वर्ष फेब्रुअरीमा रुसले युक्रेनमा हमला गरेको थियो जसमा अहिलेसम्म धेरै सहर ध्वस्त भइसकेको छ । हजारौं मानिसले ज्यान गुमाएका छन् भने ठूलो संख्यामा मानिसहरु घर छाड्न बाध्य भएका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *