मणिपुरमा पहिरोले भारतीय सेनाको क्याम्प पुरिँदा मारिनेको संख्या १०० पुग्न सक्ने

डिसी नेपाल
१८ असार २०७९ १४:१०

काठमाडौं । मणिपुरमा प्रकृतिको प्रकोप जारी छ। यहाँको नोनी जिल्लामा फेरि अर्को पहिरो गएको छ । सोही क्षेत्रको नोनी जिल्लाको तुपुल रेलवे स्टेशन नजिकै गत जून २९ मा भीषण पहिरो गएको थियो । यस पहिरोमा हालसम्म ८१ जना बेपत्ता भएका छन् । जबकि १८ प्रादेशिक सेनाका जवानको शव उद्धार गरिएको छ ।

पहिरो गएको कैयौं दिन भइसकेकोले पुरिएकाहरूको जीबितै उद्धार गर्न सकिने सम्भावना घट्दै गएको छ । यस आधारमा यहाँ मारिनेको संख्या करिा १०० सम्म पुग्न सक्ने खतरा छ । उद्धार कार्य जारी छ तर खराब मौसमले उद्धारमा समस्या हुँदा पुरिएकाको जीवितै उद्धार हुने सम्भावना घट्दो छ ।

यो दुर्घटनामा धेरैले ज्यान गुमाएका छन् । अर्कोतर्फ, मणिपुरका मुख्यमन्त्री एन बिरेन सिंह आफ्ना मन्त्रीहरूसँग घटनास्थलको निरीक्षण गर्न आज नोनी पुगेका छन्। उनले उद्धार कार्यको समीक्षा गरे। मुख्यमन्त्री एन बिरेन सिंहले मृतकका आफन्तलाई ५–५ लाख र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।

यो घटनालाई इतिहासकै सबैभन्दा पीडादायी घटना भएको बताउँदै उनले भने, ‘यो राज्यको इतिहासकै सबैभन्दा नराम्रो घटना हो । यस दुखद दुर्घटनामा ८१ जनाले ज्यान गुमाएका छन् । १८ प्रादेशिक सेनाको शव उद्धार गरिएको छ। अझै ५५ जना फसेका छन् । माटोका कारण सबै शव निकाल्न अझै २–३ दिन लाग्ने छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *