आफैले ठक्कर दिएको मोटरसाइकल चालक मरेर छतमा खसे, महिलाले लाशसहित कार चलाइरहिन्

डिसी नेपाल
१८ असार २०७९ १४:४६

काठमाडौं । ६७ वर्षीया महिला कार चालकले २६ वर्षीय बाइक चालकलाई चोकमा कारले ठक्कर दिइन् । ठक्कर दिएपछि मोटरसाइकल चालक उछिट्टिएर कारको माथि खसे । दुर्घटनामा उनको मृत्यु भएको थियो । तर महिला चालकले भने मोटरसाइकल चालकको शव आफ्नो कारको छतमा लिएरै कार चलाइरहिन् । यो दुर्घटनाको भिडियो पनि सार्वजनिक भएको छ, जुन हृदयविदारक छ ।

यो घटना मलेसियाको क्वाला सेलान्गोर सहरको हो जहाँ यो दुर्घटना २३ जुनमा भएको थियो । यो भीषण दुर्घटनाको भिडियो सामाजिक सञ्जालमा पनि भाइरल भएको छ । ज्येष्ठ नागरिक महिलाले ठक्कर दिएपछि करिब २ किलोमिटरसम्म कार चलाइरहेकी थिइन् । सो क्रममा मोटरसाइकल चालकको शव उनको कारको माथि थियो । त्यसपछि त्यहाँबाट हिँडिरहेका मानिसहरूले उनलाई रोकेर दुर्घटना भएको बताए ।

यस घटनामा प्रहरी प्रवक्ताको बयान पनि आएको छ । महिलाले चोकमा गाडी रोक्न नसकेका कारण दुर्घटना भएको उनले बताए । क्वाला सेलान्गोरका प्रहरी प्रमुख रामली कासाले ठक्कर बलियो भएकाले मोटरसाइकल सवार कारको छतमा ठोक्किएर दुर्घटना भएको बताए । उनको घटनास्थलमै मृत्यु भयो । यो घटना हुँदा महिला आफ्ना भाइ र साथीहरूसँग थिइन् । मोटरसाइकल चालकको शव पोस्टमार्टमका लागि नजिकैको अस्पतालमा पठाइएको छ । मोटरसाइकल चालकलाई ठक्कर दिने वृद्धा विभिन्न रोगबाट पीडित छन् । यसमा मधुमेह, मृगौला समस्या, उच्च रक्तचाप समावेश छ। महिलाको शरीरको तल्लो भागमा पनि चोट लागेको छ । दुर्घटनाको अनुसन्धान जारी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *