ब्याडिङ गरेर जसप्रित बुमराहले विश्वरेकर्ड बनाए, एक ओभरमा सबैभन्दा धेरै रन बनाए

डिसी नेपाल
१८ असार २०७९ १६:२०

काठमाडौं। भारतीय राष्ट्रिय क्रिकेट टिमका बलर जसप्रित बुमराहले विश्वरेकर्ड बनाएका छन् । तर, उनले बलिङमा नभए ब्याटिङमा रेकर्ड बनाएका हुन् । उनले टेस्ट क्रिकेटको इतिहासमै एउटै ओभरमा सबैभन्दा धेरै रन बनाउने ब्याट्सम्यानको रेकर्ड बनाए ।

यो टेस्टमा भारतको कप्तानी समेत गरिरहेका बुमराहले एक ओभरमा ब्याटबाट २९ रन बनाए । यसबाहेक त्यो ओभरमा एउटा नो बल र एउटा वाइड बल चौका गएपछि ओभरमा कूल ३५ रन बन्यो । अहिलेसम्म टेस्ट क्रिकेटमा एक ओभरमा सबैभन्दा धेरै रनको रेकर्ड २८ रनको थियो ।

यसअघि यो विश्वरेकर्ड ३ जना खेलाडीको संयुक्त नाममा थियो । वेष्ट इण्डिजका ब्रायन लारा, अस्ट्रेलियाका जर्ज बेली र दक्षिण अफ्रिकाका केशव महाराजले एक ओभरमा २८ रन बनाएका थिए । तर, अब यो रेकर्ड बुमराहले तोडिदिएका छन् ।

बुमराहले यी रन इङल्याण्डका स्टुआर्ट ब्रोडको बलमा हानेका हुन् । इङल्याण्डमा भइरहेको टेस्टमा उनले यो रेकर्ड बनाए । स्टुआर्ट ब्रोड उनै बलर हुन् जसको एक ओभरमा २००७ को टि–२० विश्वकपमा भारतका युवराज सिंहले ओभरका सबै ६ बलमा छक्का हानेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *