नेपाल लाइफ इन्स्योरेन्स र एनआइसी एसिया बैंकको संस्थापक सेयर बोलकबोल खोलिने
काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स र एनआइसी एसिया बैंक लिमिटेडको संस्थापक समूहको शेयर बोलकबोल खोलिने भएको छ। ग्लोबल आइएमई क्यापिटलले एक सूचना जारी गर्दै बोलकबोल खोलिने जानकारी दिएको हो।
यसअघि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार ७ गतेदेखि र एनआईसी एसिया बैंकले ८ गतेदेखि १६ गतेभित्र ३५ दिने सूचना जारी गरेको थियो। सो अवधिभित्र प्राप्त भएका बोलपत्रहरु आज संस्थापक सेयर विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल काठमाडौंमा बिहान १० बजेदेखि भईरहेको छ।
जसमध्ये नेपाल लाइफ इन्स्योरेन्सको ५ लाख ९७ हजार ९२१ कित्ता र एनआईसी एसिया बैंकको ७ लाख १९ हजार ९५० कित्ता संस्थापक शेयर क्रमश रू. ७०० र ४५० मा विक्री गरिने सम्बन्धमा छलफल भईरहेको छ।
प्रतिक्रिया
Facebook Comment