जीवन विकास लघुवित्तको बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर सूचिकृत भएको छ। लघुवित्तको ४२ लाख ५८ हजार ८ सय कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो।
लघुवित्तले आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट ७० प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न ३.६८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो सोहि प्रस्तावित लाभांश अहिले सूचिकृत भएको हो।
Facebook Comment
ताजा भिडियो
धेरै पढिएको
- हप्ता
- महिना