रोनाल्डिन्होसँग खेल्न पाउनु भाग्यशाली कुरा हो : रोहित चन्द

डिसी नेपाल
१९ असार २०७९ १५:२१
2.1k
Shares

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर रोहित चन्दले ब्राजिलियन लेजेन्ड फुटबलर रोनाल्डिन्होसँग खेल्न पाउनु अद्भुत र भाग्यशाली कुरा भएको बताएका छन्।

आइतबार सामाजिक संजालमा रोनाल्डिन्होसँग खेलेपछिको अनुभव साट्दै अनुभवी खेलाडी रोहितले ‘जादू’ हेर्दै आएको रोनाल्डिन्होसँग खेल्नु भाग्यशाली कुरो भएको बताए।

हाल इन्डोनेसियन शीर्ष डिभिजन लिग क्लब पेर्सिक केडेरीमा अनुबन्ध भएका रोहितले गत साता रोनाडिन्हो सम्मिलित टिमसँग ‘ट्रोफियो रोनाल्डिन्हो’ नामको मैत्रीपूर्ण खेल खेलेका थिए।

‘रोनाल्डिन्होसँग खेल्न मैदानमा उत्रन पाउनु अद्भुत अनुभव थियो,’ रोहितले लेखेका छन्। ‘मैले कहिल्यै यो हुनेछ भन्ने सोचेको थिइन। मेरा लागि, जसले सानैदेखि रोनाल्डिन्होको जादु हेर्दै आएको थिए। उसैसँग खेल्न पाउनु निकै ठूलो अनुभव र भाग्यशाली कुरा हो।’

उक्त खेलमा नेपाली टिमका मिडफिल्डर रोहित पनि केडेरीबाट पहिलो रोजाईमा रोनाल्डिन्होको टिम रेन्स नुसनतारासँग खेलेका थिए। खेलमा रोहितको टिम पेनाल्टी सुटआउटमा ४–२ ले विजयी भयो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *