शिकागोमा स्वतन्त्र दिवसको परेडमा नरसंहारः २२ वर्षीय संदिग्ध पक्राउ

डिसी नेपाल
२१ असार २०७९ ८:३८
644
Shares

शिकागो। अमेरिकाकाे सिकागोमा स्वतन्त्रता दिवसको परेडमा ६ जनाको हत्या संलग्न एक संदिग्धलाई अमेरिकी प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार २२ वर्षीय रोबर्ट ई क्रिमो तृतीयलाई पक्राउ गरिएको हो। हतियारधारी ती व्यक्तिलाई प्रहरीले ‘खतरनाक’ भनेको छ।

इलिनोइसको हाइल्याण्ड पार्क सहरमा बन्दुकधारीले छतबाट परेडमा सहभागी मानिसहरूलाई लक्षित गरी हमला गरेका थिए। संदिग्धले उच्च क्षमताको राइफलले परेडमा सहभागीलाई गोली हानेका थिए। आक्रमणमा कम्तीमा २४ जना घाइते भएका छन्।

आक्रमणपछि मानिसको भागदौड हुँदा घटनास्थलमा झोला, जुत्तालगायतका सामाग्री यततत्र छोडेको देखिन्छ। गोलाबारीमा पाँच जनाको घटनास्थलमै र अर्का एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

बारम्बार बन्दुक आक्रमण हुने अमेरिकामा शिकागो हमला पछिल्लो सामूहिक गोलाबारी हो । पछिल्लो हमलाबाट आफू स्तब्ध भएको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *