अस्ट्रेलियामा बाढीः सिड्नीका ५० हजार जनालाई घर छाड्न भनियो

डिसी नेपाल
२१ असार २०७९ १४:१९
660
Shares

सिड्नी। अष्ट्रेलियाको सबैभन्दा ठूलो सहरमा आएको बाढीपछि करिब ५० हजार मानिसहरूलाई आफ्नो घर छाड्न आग्रह गरिएको छ। यस वर्ष तेस्रो पटक आएको बाढीपछि सिड्नीका बासिन्दालाई घर खाली गर्न भनिएको हो।

पछिल्लो चार दिनमा सिड्नीका केही भागमा करिब ८ महिनाको वर्षा भएको जनाइएको छ। वर्षाका कारण सडक अवरुद्ध भएको छ, केही घरहरू पानीमा डुबेका छन् भने हजारौं मानिस विद्युतविहीन बनेका छन्। यो वर्ष अस्ट्रेलियामा बाढीका कारण २० जनाको मृत्यु भइसकेको छ । तीमध्ये अधिकांश न्यु साउद वेल्स (एनएसडब्लू) का छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *