‘युरोपका केही भाग बन्दै छन् सुक्खा’

डिसी नेपाल
२२ असार २०७९ ९:१७

लन्डन। जलवायु परिवर्तनले हामी सबैलाई असर गरिरहेको छ। मानवताले सामना गरिरहेको समस्यालाई सम्बोधन गर्न तत्काल आवश्यकता रहेको अन्यथा पृथ्वीमा हाम्रो अस्तित्व खतरामा पर्नेछ। हामी डरलाग्दो भविष्यतर्फ जाँदैछौँ भन्ने एउटा पछिल्लो संकेतमा एउटा अध्ययनले स्पेन र पोर्चुगलका भागहरू विगत १२०० वर्षको तुलनामा सुक्खा भएको पत्ता लगाएको छ। सुख्खा हावापानीले यी दुई देशहरूमा मदिरा र ओलिभ उत्पादनलाई असर पार्ने सम्भावना छ।

अनुसन्धानकतर्ताले एट्लान्टिक क्षेत्रमा घडीको दिशामा सर्ने एजोर्स हाइलाई अध्ययनको केन्द्र बनाएका थिए । एजोर्स हाई उच्च वायुमण्डलीय चापको क्षेत्र हो। यसलाई युरोपमा वर्षाको लागि ‘गेटकीपर’ भनिन्छ। युरोपमा हिउँदे वर्षा एजोर्स हाउका कारणले हुन्छ । यसले महादेशमा पश्चिमी हावाहरू भित्र पठाउँछ । यस घटनाको अध्ययन अमेरिकाका अनुसन्धानकर्ताहरूले गरेका थिए र नेचर जियोसाइन्स जर्नलमा प्रकाशित छ।

उच्च–दबाव प्रणालीसमेत भनिने एजोर्स हाई गत शताब्दीमा नाटकीय रूपमा परिवर्तन भएको छ र उत्तरी एट्लान्टिक जलवायुमा यी परिवर्तनहरू विगत सहस्राब्दीमा अभूतपूर्व भएको अध्ययनले पत्ता लगाएको छ। यस अध्ययनमा जलवायु मोडेल सिमुलेसन प्रयोग गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *