इब्राहिमोभिच थप एक वर्ष एसी मिलानमै बस्ने

डिसी नेपाल
२२ असार २०७९ १३:३०
52
Shares

काठमाडौं। अनुभवी फरवार्ड जाल्टन इब्राहिमोभिचसँग इटालियन सिरी ‘ए’ च्याम्पियन एसी मिलानले थप एक वर्ष सहकार्य गर्ने भएको छ। ४० वर्षीय स्विडिस स्ट्राइकर इब्राहिमोभिच सन् २०२३ सम्म एसि मिलानमै रहने भएका हुन्।

इब्राहिमोभिच सन् २०२० मा अमेरिकी मेजर सकर लिग क्लब ला ग्यालेक्सीबाट ‘फ्रि ट्रान्सफर’ मा मिलान अनुबन्धित भएका थिए। त्यसयता, उनले मिलानबाट ७४ खेलमा ३६ गोल गरेका छन् । यसअघि इब्राहिमोभिचले सन् २०१० देखि २०१२ सम्म मिलानबाट खेलेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *