४४ वर्षअघि लेखिएको मेसेज फेला परेपछि…
न्युयोर्क। वर्षौअघि लेखिएको सन्देश फेला पर्दा कस्तो अनुभूति हुन्छ ? निश्चय नै अनौठो लाग्न सक्छ। भर्जिनियाको योर्क नदीको किनारमा हिँडिरहेका एक बाबु र छोराले ४४ वर्ष पहिले एक किशोरले फालेको बोतलभित्र सन्देश भेट्टाएका छन्।
सोमबार आफ्नो छोरासँग योर्क रिभर स्टेट पार्कनजिक हिंडिरहेका बेला ब्रायन डेलिगेले नदीको किनारमा एउटा पुरानो सिसाको पेप्सीको बोतल भेट्टाएका थिए । बोतललाई नदीको छालले किनारमा धकेलेको उनको अनुमान छ।
बोतलभित्र एउटा नोट फेला परेको थियो। उक्त नोट बालकले लेखेको प्रष्टै चिनिन्थ्यिो। नोटमा फोन नम्बर पनि समावेश थियो। नोटमा ‘डोन केनड्रिक’ लेखिएको थियो। फोन नम्बर ‘एक्सपायर’ भएकाले त्यसबाट सम्पर्क असम्भव थियो। तर, डेलिगेकी श्रीमती मेगन डेलिगेले फेसबुकमा त्यो नोटबारे फोटो पोस्ट गरिन्। उनको पोस्ट एक घण्टा भित्र सयौं पटक सेयर गरियो।
सेयर भएको पोस्टले ट्रेसी केन्ड्रिकको ध्यान खिच्यो। उनका पति, डनले ४४ वर्ष पहिले तीनवटा सन्देशसहित बोतल नदीमा फ्याँकेका थिए । बोतल फाल्दा उनी १२ वर्षका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment