दुई कम्पनीको सेयर कारोबार रोक्का, यस्तो छ कारण

डिसी नेपाल
२३ असार २०७९ १४:०४

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयर कारोबार रोक्का भएको छ। आँधी खोला लघुवित्त वित्तीय संस्था र सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार असार २३ गते (बिहिबार)देखि रोक्का भएको हो।

यी दुई वटै कम्पनी एक आपसमा गाभ्ने/गाभिने (मर्जर) भएपछि सेयर कारोबार रोक्का गरिएको हो। यी दुई कम्पनीहरुले असार २२ गते मर्जर सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।

आँधीखोलाको हाल कायम चुक्तापुँजी ११ करोड ९० लाख रुपैयाँ र सिवाइसीको १२ करोड १६ लाख रुपैयाँ रहेको छ । १००ः७० को स्वापमा मर्ज भएपछि कम्पनीको चुक्तापुँजी २४ करोड १५ लाख रुपैयाँ पुग्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *