१६.६० अंकले घट्यो सेयर बजार, म्युचुअल फण्ड उपसुचकबाहेक सबै राताम्मे

डिसी नेपाल
२३ असार २०७९ १५:१२

काठमाडौं। साताको कारोबारको पाँचौ दिन बिहिबार सेयर बजार घटेको छ। आज नेप्से १६.६० अंकले घटेर २ हजार २७.३२ विन्दुमा बढेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२९ कम्पनीको ४७ लाख ११ हजार २५ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ८० करोड ६२ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी लाइफ इन्स्योरेन्स कर्पोरेसनको भएको छ । यसको आज ७ करोड ६५ लाख भन्दा बढीको कारोबार भएको छ ।

बुधबारको कारोबारमा १३ उपसुचकमध्ये म्युचुअल फण्ड उपसुचक बढेको छ भने बाँकी सबै उपसुचक घटेको छ। आजको कारोबारमा आरबिबि म्युचुअल फण्ड र माउन्टेन हाइड्रोका लगानीकर्ताले पनि अत्याधिक कमाएका छन्। भने, सुमित लघुवित्त वित्तीय संस्था र लिबर्टी इनर्जीका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *