सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

डिसी नेपाल
२४ असार २०७९ ८:१३

काठमाडौं। सिद्धार्थ बैंकको ४ अर्ब रुपैयाँको ४० लाख इकाई ऋणपत्रमा आवेदन दिने आज शुक्रबार अन्तिम दिन हो। बैंकले सर्वसाधारणका लागि १६ लाख इकाई र बाँकी २४ लाख इकाईमा अन्य संघसंस्थालाई बिक्री खुलाएको थियो।

बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ। बैंकले १० वर्ष अवधिको ‘एसबीएल डिबेन्चर २०८९’ ऋणपत्र जारी गरेको हो। जसमा वार्षिक १०.७५ प्रतिशत ब्याजदर दिने बैंकले जनाएको छ।

यसमा प्रतिइकाई १ हजार रुपैयाँको दरले न्यूनतम २५ इकाईदेखि अधिकतम १ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *