२२ अर्व ६० करोड रुपैयाँबराबरको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

डिसी नेपाल
२६ असार २०७९ ९:२०

काठमाडौँ।  नेपाल राष्ट्र बैंकले २२ अर्व ६० करोड रुपैयाँबराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ। राष्ट्र बैंकले ९१ दिन, १८२ दिन र १ बर्षे गरी तीन किसिमको ट्रेजरी बिल जारी गर्न लागेको हो।

बैंकले ९१ दिनको लागि ८ अर्ब ट्रेजरी बिल जारी गर्ने भएको छ।  यो बिल आगामी असोज २५ गते परिपक हुनेछ। यस्तै, १८२ दिनको लागि ६ अर्वको ट्रजरी बिल आगामी पुस २६ गते परिपक्व हुने गरी जारी गर्न लागेको हो। त्यस्तै १ वर्षको लागि ८ अर्व ६० करोडको ट्रजरी बिल जारी गर्न लागेको हो। यो बिल २०८० असार २६ गते परिपक्व हुनेछ ।

ट्रेजरीको बोलकबोल अनलाइनमार्फत सोमबार दिउँसो ३ बजे खुला हुनेछ। सोमबार हुने बोलकबोलमा सहभागी क, ख र ग वर्गका बैंक, बैंक तथा वित्तीय संस्था, गैर–बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अङ्क कबोल गर्नेलाई बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *