घट्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

डिसी नेपाल
२७ असार २०७९ ११:०३

काठमाडौं। साता कारोबारको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। सोमबार छापावाला सुनको मूल्य ९४ हजार ७ सय रुपैयाँ कायम भएको छ।

आइतबार प्रति तोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ सयले घटेर प्रति तोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसैगरी, आज तेजावी सुनको मूल्य तोलाको ९४ हजार २ सय रुपैयाँ निर्धारण भएको छ ।

यता, चाँदीको मूल्य स्थिर रहेको छ। आइतबार प्रति तोला १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको चाँदीको मूल्य आज स्थिर रहेर सोहि मुल्यमा कारोबार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *