नामिबियाले टस जितेर ब्याटिङमा,नेपाल बलिङ गर्दै
काठमाडौं।आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नामिबियाविरुद्धको पहिलो खेलमा नेपालले टस हारेसँगै सुरुवाती बलिङ गर्ने भएको छ त्रिकोणात्मक श्रृंखलाको पहिलो खेलमा स्कटल्यान्ड पुगेको नेपालले नामिबियाविरुद्ध खेल्न लागेको हो । नेपाली टिममा पवन सर्राफ, विनोद भण्डारी र किशोर महतोलाई विश्राम दिएको छ । नेपालको कप्तानी सन्दीप लामिछानेले गर्नेछन् ।
शृंखलाको पहिलो खेलमा नेपाल सुखद् सुरुवातको दाउमा छ । प्रतियोगिताअघि नेपालले क्यानडासँग अभ्यास खेल खेलेको थियो ।यसअघि नेपालले नामिबियासँग पछिल्लो पटक सन् २०१८ मा एकदिवसीय खेल खेलेको थियो । उक्त खेलमा नेपालले एक विकेटको साँघुरो जित निकालेको थियो ।
विश्वकप लिग २ को तालिकामा १६ खेल खेलेर १५ अंक जोडेको नेपाल पाँचौं स्थानमा छ । नेपालले लिग २ मा अझै २० खेल्न बाँकी छ । यसक्रममा नेपालले ७ खेलमा जित निकाल्दा एक खेल ‘टाइ’ र ८ खेलमा पराजय बेहोरेको थियो ।
नामिबियाविरुद्ध नेपाली टिमः
सन्दीप लामिछाने (कप्तान), देव खनाल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, आशिफ शेख, करण केसी, कुशल भुर्तेल, बसिर अहमद, सोमपाल कामी, आदिल आलम अन्सारी

No ads found for this position


डिसी नेपाल
Facebook Comment