हिमालयन हाइड्रोपावरको आइपिओ बाँडफाँड, भाग्यमानी २ जनाले पाए ११ कित्ता

डिसी नेपाल
२८ असार २०७९ ९:१७

काठमाडौँ। हिमालयन हाइड्रोपावरले सर्वसाधारणका लागि निष्काशन गरेको आइपिओ बाँडफाँड गरेको छ। निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको काठमाडौँ नक्सालस्थित कार्यालयमा आज बिहान साढे ८ बजे साधारण सेयरको बाँडफाँड गरेको हो ।

बिक्री प्रबन्धककानुसार उक्त आइपिओमा कुल १५ लाख ९५ हजार ५५४ जनाले आवेदन दिएका थिए। त्यसमा १ हजार ७५८ जना आवेदकको आवेदन रद्द भएको छ। बाँकी १५ लाख ९३ हजार ७९६ योग्य आवेदकमध्ये १ लाख ८३ हजार ४७ जनालाई १० कित्ता र २ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् ।

कम्पनीले असार १५ गतेदेखि असार १९ गतेसम्म कुल १९ लाख ६८ हजार २५० कित्ता शेयर बिक्रीमा ल्याएको थियो। जसमा९८ हजार ४१३ कित्ता सामुहिक लगानी कोष र ३९ हजार ३६५ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको थियो। भने, बाँकी १८ लाख ३० हजार ४७२ कित्ता मात्रै सर्वसाधारणको लागि निष्काशन गरेको थियो।

यो आईपीओको अन्तिम नतिजा केही घन्टापछि आउनेछ। अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धकको वेबसाइट, आईपीओ बिक्री गर्ने कम्पनीको वेबसाइट र सीडीएससीको iporesult.cdsc.com.np मा हेर्न सकिनेछ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *