मंगलबार ११.६८ अंकले बढ्यो नेप्से, १ अर्व ७० करोडमाथिको कारोबार

डिसी नेपाल
२८ असार २०७९ १५:२२

काठमाडौं। साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार बढेको छ। मंगलबार नेप्से परिसूचक ११.६८ अंकले बढेर १ हजार ९२७.२८ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२६ कम्पनीको ४९ लाख ६७ हजार ५६१ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ७० करोड ७७ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

कारोबारका आधारमा अरुण काबेली पावर अग्रस्थानमा रहेको छ। यस कम्पनीको ७ करोड ९५ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ४ सय ५२ रुपैयाँ कायम भएको छ। त्यसपछि क्रमश : गोर्खाज फाइनान्स र शिभम् सिमेन्ट कारोबार भएको छ।

मंगलबारको कारोबारमा १३ वटै उपसूचक बढेको छ। आजको कारोबारमा सप्तकोशी डेभलपमेन्ट बैंक र एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टका लगानीकर्ताले अधिकतम कमाएका छन् भने नयाँ सारथी लघुवित्त र आरबीबी म्युचुअल फण्डका लगानीकर्ताले अधिकतम गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *