सुशान्त सिंह राजपुत केसमा फेरि फसिन् रिया, एनसीबीले गम्भीर आरोपसहित मुद्दा दर्ता गर्‍यो

डिसी नेपाल
२९ असार २०७९ १०:४५

काठमाडौं । सुशान्त सिंह राजपुत ड्रग्स काण्डमा उनकी प्रेमिका रहेकी रिया चक्रवर्तीको समस्या रोकिने नाम लिएको छैन । रिया अझै पनि लागुऔषध नियन्त्रण ब्यूरो (एनसीबी) को राडारमा छिन् ।

एनसीबीले लागुऔषध मामिलामा मुद्दा दायर गरेको छ । जसमा रिया र अन्य ३४ जनामाथि उच्च समाज र बलिउडका मानिसहरूलाई लागूऔषध आपूर्ति गरेको आरोप लगाइएको छ । सुशान्तलाई लागुऔषधको लतमा लाग्न उक्साएको आरोप पनि छ ।

एनसीबीले आरोप लगाएको छ कि रियाले सुशान्त सिंह राजपुतका लागि ड्रग्स किनेको र पैसा तिरेकी छिन् । यस मुद्दामा ३५ अभियुक्तहरू विरुद्ध कुल ३८ आरोपहरू छन्। सुशान्त सिंह राजपुत १४ जुन २०२० मा आफ्नो घरमा मृत फेला परेका थिए ।

एनसीबीले आफ्नो चार्ज ड्राफ्टमा रियाले सामुएल मिरान्डा, शोभिक चक्रवर्ती, दीपेश सावन्त र अन्यबाट धेरै पटक गाँजा लिएको दाबी गरेको छ। गाँजा लिएपछि रियाले दिवंगत सुशान्त सिंह राजपूतलाई हस्तान्तरण गरिन् ।

रियाले मार्च २०२० देखि सेप्टेम्बर २०२० को अवधिमा गाँजाको यी डेलिभरीको लागि भुक्तानी गरेकी थिइन् । मस्यौदा अनुसार रियाले एनडीपीएस ऐन १९८५ को धारा ८ [सी] अन्तर्गत २०[बी][२]ए, २७ए, २८, २९ र ३० अन्तर्गत अपराध गरेकी छिन् ।

मुद्दाका ३५ जना अभियुक्तहरु विरुद्ध अभियोग लगाइएको आरोपको मस्यौदा अनुसार उनीहरु सबै २०२० मार्चदेखि डिसेम्बर २०२० सम्ममा आपराधिक षड्यन्त्रमा संलग्न थिए । यस अवधिमा उनीहरुले लागुऔषधको खरिद बिक्री, एकअर्कासँग वा समूहमा अन्तर–शहर ओसारपसार गर्नुका साथै बलिउडलगायत उच्च समाजका व्यक्तिलाई समेत वितरण गरेका थिए । मुम्बई महानगर क्षेत्रमा लाइसेन्स बिना लागू औषध तस्करी गर्थे र गाँजा, चरस, एलएसडी, कोकिन लिने गर्थे जुन अपराध हो ।

रियाका भाइ शोभिकमाथि लगाइएको आरोपले उनी लागूऔषध कारोबारीसँग निरन्तर सम्पर्कमा रहेको देखाएको छ । गाँजा, चरेसको डेलीभरी अर्डर गर्थे । शोभिकले अब्देल बासित, काइजान इब्राहिम, कर्मजीत सिंह आनन्द र सूर्यदीप मल्होत्रालगायतका व्यक्तिबाट गाँजा लिएर सुशान्तलाई दिएका थिए। कहिले उनले ती डेलिभरीको लागि पैसा तिरेका थिए र कहिले रिया चक्रवर्ती मार्फत मार्च २०२० देखि सेप्टेम्बर २०२० को अवधिमा लागूऔषध कारोबारीहरूलाई पैसा तिरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *