सिटिजन्स बैंकको दुई लाख ६५ हजार कित्ता सेयर बिक्री खुला

डिसी नेपाल
२९ असार २०७९ १४:४४

काठमाडौं। सिटिजन्स बैंकले आजदेखि दुई लाख ६५ हजार नौ सय ९९ कित्ता सेयर लिलामीबाट बिक्रीका लागि खुला गरेको छ। बैंकले संस्थापक समूहको सेयर लिलामीमार्फत बिक्री खुला गरेको हो। यसमा न्यूनतम १५२ रुपैयाँ वा सोभन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।

लगानीकर्ताले न्यूनतम एक हजार कित्तादेखि अधिकतम सबैका लागि आवेदन दिन सक्नेछन्। यसमा ११ साउनसम्म आवेदन दिन मिल्नेछ। बिक्री प्रबन्धक सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनु पर्नेछ। लिलामी सेयरको आवेदन १२ साउन दिउँसो २ बजे सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा खोलिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *