सिटीका स्ट्रर्लिङ चेल्सी पुगे
काठमाडौं। इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका विंगर रहिम स्ट्रर्लिङ चेल्सीमा अनुबन्ध भएका छन्। इंग्ल्यान्डका अन्तर्राष्ट्रिय खेलाडी बुधबार चेल्सी अनुबन्ध भएको जनाएको छ । बुधबार नै स्ट्रर्लिङले सात वर्षपछि इतिहाद स्टेडियम छोडेको जनाएका थिए।
चेल्सीसँग स्ट्रर्लिङले पाँच वर्षको सम्झौता गरेका छन्। २७ वर्षीय विंगर सम्झौता एक वर्ष बाँकी रहँदै चेल्सी पुगेका हुन्। सन् २०१५ मा स्ट्रर्लिङ लिभरपुलबाट सिटी आएका थिए । सिटीका लागि ३ सय ३९ खेलमा १ सय ३१ गोल गरेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment