छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

डिसी नेपाल
३० असार २०७९ १३:००
68
Shares

काठमाडौं। ललितपुर, सुनसरी, बाँके, रौतहट, सप्तरी र उदयपुरमा भएको सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ।

ललितपुरको ललितपुर महानगरपालिका–१५ हात्तिवनस्थित सडकमा रोकी राखेको बागमती प्रदेश ०१–००५ ख ९४७५ नम्बरको ट्रकमा बागमती प्रदेश ०२–००७ प ८६३८ नम्बरको स्कुटर गएराति ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्कुटर चालक गोदावरी नगरपालिका–५ लेले घर भई हाल नख्खु बस्ने २० वर्षीय सुरेश मोक्तान रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि पाटन अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–३ भरौलीस्थित सडकमा को.१ च ७७९१ नम्बरको टाटा सुमोको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही नगरपालिका–५ सिमरबन बस्ने ६० वर्षीय दुखिलाल धामी रहेका छन्। उनको बुधबार साँझ मृत्यु भएको हो।

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि धरानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बाँकेको कोहलपुर नगरपालिका–११ दशबिगाह चोकमा भे.१ क १२५ नम्बरको गाडी र भे.४ प ३२५३ नम्बरको मोटरसाइकल बुधबार साँझ ठोक्किँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ६० वर्षीय राम बहादुर थापाको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारी साधन र गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

रौतहटको दुर्गाभगवती गाउँपालिका–२ भलोहीमा ना.३ त ५३७० नम्बरको ट्रयाक्टरको ठक्करबाट सोही ठाउँ बस्ने ७० वर्षीय किशोरी ठाकुरको बुधबार राति मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएका उनको शिवदर्शन अस्पताल सुकदेवचोकमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सप्तरीको रुपनी गाउँपालिका–६ वीरेन्द्र बजारमा स.४ प १३३४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीय दिप नारायण मेहताको बुधबार राति मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएका उनको यूनिक अस्पताल रुपनी हुँदै गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उदयपुरको कटारी नगरपालिका–४ अडा कुन्नामा प्रदेश २–०१–००१ च ०२४३ नम्बरको बोलेरो गाडी बुधबार दुर्घटना हुँदा गाडीमा सवार सोही नगरपालिका–१३ बस्ने १८ वर्षीय विष्णु राउतको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका अन्य ८ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *