आइपिएलका पूर्व अध्यक्ष ललित मोदीसँग सुस्मिता सेनको इंगेजमेन्ट

डिसी नेपाल
३१ असार २०७९ १३:०९

काठमाडौं । बलिउड अभिनेत्री सुस्मिता सेन फेरि एकपटक प्रेममा परेकी छिन् । इन्डियन प्रिमियर लिगका पूर्व अध्यक्ष ललित मोदीले सामाजिक सञ्जालमार्फत आफ्नो सम्बन्धको घोषणा गरेका छन् ।

यहाँ ललित मोदीले आफ्नो र सुस्मिता सेनबीचको सम्बन्धबारे खुलासा गर्दा सामाजिक सञ्जालमा समाचारको बाढी आएको छ । आइपिएलका पूर्व अध्यक्षको सामाजिक सञ्जाल अकाउन्ट उनको र सुस्मिता सेनको रोमान्टिक तस्विरले भरिएको छ । ललित मोदीले पनि सुष्मितासँगको आफ्नो ट्विटर डीपी पोस्ट गरेका छन् ।

अहिले जताततै ललित मोदी र सुस्मिता सेनको लभ लाइफको चर्चा भइरहेको छ । ललित मोदीको पोस्टपछि धेरैले उनको सुस्मिता सेनसँग विवाह भएको गलत बुझेका थिए । तर उनले अर्को पोस्ट सेयर गरेर सबैको भ्रम मेटाए। यी सबै खबरको बीचमा सुष्मिता र ललित मोदीको तस्बिर पनि देखियो, जसमा पूर्व मिस युनिभर्सले इन्गेजमेन्टको औंठी लगाएकी थिइन् ।

ललित मोदी र सुस्मिता सेनले इन्गेजमेन्ट गरेको अनुमान गरिएको छ । किनकी यस्तो औठी सामान्यतया कसैको इन्गेजमेन्ट हुँदा मात्र लगाइन्छ। बाँकी सत्य सुस्मिता र ललित मोदीले मात्र बताउन सक्छन् । ललित मोदीले सुस्मितासँगको सम्बन्ध खुलासा गर्दै दुवैले छिट्टै बिहे गर्न सक्ने स्पष्ट पारेका छन् ।

त्यो दिन कहिले आउने हो? सबैजना यसैको प्रतिक्षामा छन् । यतिबेला उनीहरुको सम्बन्धको बारेमा थाहा पाएर सबै अचम्ममा परेका छन् । सुस्मिता सेन र ललित मोदीको सम्बन्धलाई लिएर सामाजिक सञ्जालमा धेरै मिम्स पनि बनाइएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *