चिरञ्जीवीले के भने जसका कारण आमिर खान भावुक भए ?

डिसी नेपाल
३२ असार २०७९ १३:४८

काठमाडौं । हालै आमिर खानले आफ्नो आगामी फिल्म लाल सिंह चड्ढाको विशेष प्रिभ्यू राखेका थिए जसमा उनी निकै भावुक देखिएका थिए ।

यो विशेष प्रिभ्यू तेलुगु सुपरस्टार चिरञ्जीवीको घरमा भएको थियो, जसमा अभिनेता नागार्जुन, नागा चैतन्य, निर्देशक एसएस राजामौली र निर्देशक सुकुमार पनि उपस्थित थिए।

चिरन्जीवीले आफ्नो ट्वीटर अकाउन्टमा यस प्रिभ्युको भिडियो सेयर गरेका छन्, जसमा सबै सेलिब्रेटीहरू फिल्म हेरिरहेका छन्।

फिल्म हेरेपछि चिरञ्जीवी उठ्छन् र आमिर खानसँग हात मिलाउँछन् र उनलाई अँगालो हाल्छन्। यसपछि आमिर खान निकै भावुक देखिन्छन् र आँखा पुछिरहेका देखिन्छन् । भिडियोमा सबैले फिल्मको तारिफ गर्दै चर्चा गरिरहेको देखिन्छ ।

चिरञ्जीवीले यस भिडियोमा लेखेका छन्, ‘केही वर्ष पहिले जापानको क्योटो एयरपोर्टमा अचानक भेट र मेरा प्रिय मित्र आमिर खानसँगको केही कुराकानीपछि म यो ड्रीम प्रोजेक्ट लाल सिंह चड्डाको हिस्सा बनें। मेरो घरमा यो विशेष प्रिभ्यूको लागि आमिर खानलाई धन्यवाद।

चिरञ्जीवी मात्र होइन नागार्जुन पनि लाल सिंह चड्डासँग जोडिएका छन् । उनका छोरा नागा चेतन्या फिल्ममा सहायक भूमिकामा छन् । यसमा चिरञ्जीवीका छोरा रामचरणको पनि भूमिका छ ।

फिल्म लाल सिंह चड्ढामा आमिर खान र करीना कपूर मुख्य भूमिकामा छन् । अद्वैत चन्दनले निर्देशन गरेको यो फिल्म ११ अगस्टमा रिलिज हुँदैछ । यो फिल्म सन् १९९४ मा आएको अमेरिकी फिल्म ‘फरेस्ट गम्प’ को रिमेक हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *