हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
१ साउन २०७९ ९:०६

काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ ५१ पैसा र बिक्री दर १२८ रुपैयाँ ११ पैसा कायम गरेको छ।

युरोपियन यूरो एकको खरिद दर १२८ रुपैयाँ १९ पैसा र बिक्री दर १२८ रुपैयाँ ७९ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५० रुपैयाँ ८६ पैसा र बिक्री दर १५१ रुपैयाँ ५७ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ १७ पैसा रहेको छ भने बिक्री दर १३० रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ १५ पैसा र बिक्री दर ८६ रुपैयाँ ५५ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ५२ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ९८ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ १९ पैसा र बिक्री दर ९ रुपैयाँ २३ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८८ पैसा र बिक्री दर १८ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ९६ र बिक्री दर ३४ रुपैयाँ १२ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ७१ पैसा र बिक्री दर ३४ रुपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६६ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८० पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ६२ पैसा र बिक्री दर ९ रुपैयाँ ६७ पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *