४१ वर्षीय इभ्राहिमोविच थप एक वर्ष एसी मिलानमै रहने

डिसी नेपाल
३ साउन २०७९ १०:५१
124
Shares

काठमाडौं। भेट्रान स्ट्राइकर ज्लाटन इब्राहिमोविचले इटालियन क्लब एसी मिलानसँग थप एक वर्षको लागि सम्झौता नवीकरण गरेका छन्। ४१ वर्षीय इब्राहिमोविचले नयाँ सम्झौतासँगै सन् २०२३ को जुन ३० सम्म मिलानमा रहने पक्का भएको छ।

इभ्राहिमोविचले गत सिजन ८ गोल गर्दा एसी मिलानले सहरी प्रतिद्वन्दी इन्टर मिलानलाई पछि पार्दै सिरी ए उपाधि जितेको थियो। सन् १९९९ मा माल्मोबाट डेब्यु गरेका इब्राहिमोविचले आयाक्स, युभेन्ट्स, इन्टर मिलान, बार्सिलोना, पीएसजी, म्यानचेस्टर युनाईटेड र लस एन्जल्स ग्यालेक्सीबाट खेलिसकेका छन्।

१२१ खेल खेल्दै ६२ गोल गरेका इभ्राहिमोविच स्विडेनको सर्वाधिक गोलकर्ता समेत हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *