साफ यू-२० च्याम्पियनसिप फुटबलको कप्तानी आयुष घलानले गर्ने
काठमाडौं।भारतमा आयोजना हुने साफ यू-२० पुरुष च्याम्पियनसिप फुटबलमा नेपालको कप्तानी आयुष घलानले गर्ने भएका छन् । जुलाई २५ देखि भातरमा हुने खेलमा घलानको कप्तानीमा नेपाली टोलीले फुटबल खेल्नेछ।
सिनियर राष्ट्रिय टोलीका नियमित सदस्य समेत घलानले कप्तानी गर्ने भएका हुन्। आयुषले राष्ट्रिय टोलीका लागि ७ खेलमा १ गोल गरिसकेका छन् । नेपालले साफ यू २० का लागि २३ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।
नेपाली टोलीः
गोलकिपरः ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ सेख
डिफेन्डरःअमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा
मिडफिल्डरः दिपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छिन्जु, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान
फरवार्डः रोहित सुब्बा, निरञ्जन मल्ल, रोहन खड्गी
नेपाली टोली भोलि शुक्रबार भारत प्रस्थान गर्ने छन् ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment