थप ४५६ जनामा कोरोना सङ्क्रमण पुष्टि

डिसी नेपाल
६ साउन २०७९ १७:१६

काठमाडौं। पछिल्लो २४ घण्टामा ४५६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ८३८ जनामा गरिएको परीक्षणमा आज देशभर सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ८४१ रहेका छन् । विगत २४ घण्टामा ८० जना सङ्क्रमणमुक्त भएका छन् । काठमाडौँ जिल्लामा ५०० बढी सङ्क्रमित रहेको पाइएको मन्त्रालयले जनाएको छ । आठ जिल्लामा शून्य सङ्क्रमित रहेका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *