युक्रेनी डिफेन्डर जिनचेन्को आर्सनलमा अनुबन्ध

डिसी नेपाल
७ साउन २०७९ ७:१५

काठमाडौं। युक्रेनी डिफेन्डर ओलेक्सान्डर जिनचेन्कोलाई इंग्लिस प्रिमियर क्लब आर्सनलले अनुबन्ध गरेको छ।

म्यानचेस्टर सिटीमा ६ वर्ष बिताएका डिफेन्डर जिनचेन्को चार वर्षको सम्झौता गर्दै लन्डन पुगेका हुन् । २५ वर्षीय डिफेन्डर सन् २०१६ मा सिटी आएका थिए।

सिटीका लागि १ सय २८ खेल खेल्दा प्रिमियर लिग, लिग कप र एफए कप जितेका छन्। युक्रेनका लागि भने ५२ खेलमा २८ गोल गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *