सलमान खानले धम्कीपूर्ण पत्र आएपछि हतियारको लाइसेन्स मागे

डिसी नेपाल
७ साउन २०७९ १०:३१
628
Shares

काठमाडौं । बलिउड अभिनेता सलमान खानले शुक्रबार मुम्बईका प्रहरी आयुक्त विवेक फान्सालकरसँग भेट गरेका छन् । यस बैठकको जानकारी दिँदै मुम्बई पुलिसले सलमान खानले हतियार लाइसेन्सको लागि अनुरोध गरेको बताएको छ।

समाचार एजेन्सी एएनआईका अनुसार, “धम्कीपूर्ण पत्र पाएपछि हालै अभिनेता सलमान खानले मुम्बई प्रहरी आयुक्तको कार्यालयमा आत्मरक्षाका लागि हतियार लाइसेन्सको लागि आवेदन दिएका थिए।”

केही दिनअघि बलिउड अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्कीसहितको पत्र आएको थियो । पञ्जाबी गायक सिद्धु मुसेवाला हत्या प्रकरणमा पक्राउ परेका १९ वर्षीय सौरभ महाकालले यो चिठी लरेन्स बिश्नोई गिरोहका सदस्य विक्रम ब्रारले लेखेको बताएका छन् ।

महाराष्ट्रका अतिरिक्त महानिदेशक (कानून र व्यवस्था) कुलवंत कुमार सरंगलले मिडियालाई जानकारी दिएका छन्, “सौरभ महाकालले पुलिसलाई सलमान खानलाई धम्की दिइनेछ भन्ने थाहा भएको बताएको छ।”

मुम्बई प्रहरीले पनि सलमान खानलाई लरेन्स बिश्नोई गिरोहले धम्की दिएको जानकारी दिएको छ । यस मामिलामा सलमान खान र उनका पिता सलीम खानको बयान लिइएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *