नीरव मोदीको २५३.६२ करोड रुपैयाँको चल सम्पत्ति जफत
काठमाडौं । ईडी अर्थात् प्रवर्तन निर्देशनालयले शुक्रबार ट्वीट गरेर जानकारी दिएको छ कि उसले हङकङमा नीरव मोदी समूहका कम्पनीहरूसँग सम्बन्धित मुद्दामा २५३.६२ करोडको चल सम्पत्ति जफत गरेको छ।
यी सम्पत्तिहरूमा गहना र बैंक ब्यालेन्स आदि समावेश छन्। ईडीको यो कारबाहीपछि यस मामिलामा नीरव मोदीको जफत गरिएको सम्पत्तिको मूल्य २,६५० करोड पुगेको छ।
ED has provisionally attached movable properties i.e. Gems and Jewelleries and Bank Balances amounting to ₹ 253.62 Crore (as of today) in the case of Nirav Modi group of companies in Hong Kong. With this, total attached/ seized assets tally in the case stands at Rs. 2650.07 Cr.
— ED (@dir_ed) July 22, 2022
५० वर्षीय नीरव मोदी हाल बेलायतको जेलमा छन् । उनले बेलायती अदालतमा सुपुर्दगी विरुद्धको निवेदन हारे ।
बेलायती अदालतले उनलाई भारत सुपुर्दगी गर्न अनुमति दिएको छ । नीरव मोदीविरुद्ध पीएनबी बैंक घोटालामा अनुसन्धान भइरहेको छ ।







डिसी नेपाल







Facebook Comment