भारतमा मंकीपक्स रोग संक्रमणका केस धमाधम थपिँदै
काठमाडौं । केरलाको मलाप्पुरम जिल्लामा शुक्रबार मंकीपक्स रोगको तेस्रो केस रिपोर्ट गरिएको छ। केरलाका स्वास्थ्य मन्त्री वीणा जर्जले देशमा मंकीपक्स रोगको तेस्रो केस पुष्टि भएको बताइन्। युएईबाट मल्लपुरम फर्किएका ३५ वर्षीय पुरुषमा संक्रमण देखिएको छ । उनी जुलाइ ६ मा युएईबाट फर्किएका थिए ।
वीणा जर्जले भनिन्, “ज्वरोको गुनासो आएपछि उनलाई मञ्जेरी मेडिकल कलेज अस्पतालमा जुलाइ १३ मा उपचारका लागि भर्ना गरिएको थियो, जहाँ उनको उपचार भइरहेको थियो। जुलाइ १५ मा उनमा मंकीपक्सको लक्षण देखिएको थियो। उनका परिवार र सम्पर्कमा आएका व्यक्तिहरूलाई निगरानीमा राखिएको छ।”
केरलामा जुलाई १९ देखि मंकीपक्सको परीक्षण सुरु भएको छ। समाचार एजेन्सी एएनआईको रिपोर्ट अनुसार, कन्नूर जिल्लामा जुलाई १८ मा मंकीपक्सको दोस्रो केस रिपोर्ट गरिएको थियो।
संक्रमितहरु पनि केही दिन अघि युएईबाट फर्किएका थिए । यसअघि जुलाई १४ मा युएईबाट केरला फर्किएका एक व्यक्तिमा मंकीपक्स भएको पुष्टि भएको थियो । यो आधिकारिक रूपमा भारतमा मंकीपक्सको पहिलो केस थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment