यी हुन् गतवर्ष सबैभन्दा बढीलाई वैदेशिक रोजगारीमा पठाउने २० म्यानपावर कम्पनी, कसले कति पठाए ?

डिसी नेपाल
८ साउन २०७९ १३:३९

काठमाडौँ। गत आर्थिक वर्ष २०७८/७९ मा ८११ वटा म्यानपावर कम्पनीले नेपालीहरुलाई वैदेशिक रोजगारीमा पठाएको पाइएको छ। वैदेशिक रोजगार विभागका अनुसार उनीहरुले ५ लाखभन्दा बढीलाई नेपालबाट विभिन्न देशमा रोजगारीको लागि पठाएका छन्।

विभागले सार्वजनिक गरेको विवरणअनुसार गत वर्ष नेपालबाट वैदेशिक रोजगारीको सिलसिलामा सबैभन्दा बढी कामदार पाराडाइज इन्टरनेसनल प्रा.लि.ले पठाएको छ। पाराडाइजले एक वर्षको अवधिमा ६ हजार ५५ जनालाई नेपालबाट वैदेशिक रोजगारीमा पठाएको छ।

पाराडाइजलेपछि सबैभन्दा बढीलाई वैदेशिक रोजगारीमा पठाउनेमा एसओएस म्यानपावर सर्भिस प्रा.लि. रहेको छ। एसओएसले गत वर्ष ५ हजार ७२४ जनालाई वैदेशिक रोजगारीमा पठाएको छ।

वैदेशिक रोजगारीमा सबैभन्दा बढी पठाउने सूचीको तेस्रो र चौथौं नम्बरमा अक्सफोर्ड इन्टरनेसनल प्रा.लि. र लिंक इन्टरनेसनल प्लेसमेन्ट सर्भिस प्रा.लि. रहेका छन्। विभागका अनुसार अक्सफोर्डले ४ हजार १८८ र लिंक इन्टरनेसनलले ३ हजार ६७२ जनालाई विभिन्न देशमा पठाएका छन्।

यस्तै, डिवान कन्सल्ट्यान्ट्स प्रा.लि.ले २ हजार २७१, फजल इन्टरनेसनल प्रा.लि.ले २ हजार ७६३, साउण्डलाइन्स रिक्रुटमेन्ट प्रा.लि.ले २ हजार ७४२, मोभिरा रिक्रुटमेन्ट कन्सल्टेन्सी सर्भिस प्रा.लि.ले २ हजार ५९० र लक्की एच.आर.सोलुसन प्रा.लि.ले २ हजार ४५९ जनालाई गतवर्ष वैदेशिक रोजगारीमा पठाएको छ।

विभागको तथ्याङ्कअनुसार गतवर्ष इन्टरनेसनल म्यानपावर रिक्रुटमेन्ट प्रा.लि.ले २ हजार ३३३, भिजन एण्ड एम्प, भ्यालु ओभरसिज प्रा.लि.ले २ हजार ३०१, एडभान्स्ड म्यानेजमेन्ट कन्सल्टेन्ट्स प्रा.लि.ले २ हजार २३१, मोन्टाज ओभरसिज प्रा.लि.ले २ हजार २१७ र ट्यालेन्ट ओभरसिज् सर्भिसेज प्रा.लि.ले २ हजार १४७ जनालाई वैदेशिक रोजगारीमा पठाएको छ।

अल शाहिद ओभरसिज प्रा.लि.ले १ हजार ९८२, सान नेपाल प्रा.लि.ले १ हजार ९४१, निल कमल ह्युमन रिर्सोस प्रा.लि.ले १ हजार ७९२, सर्पोट ह्युमन रिर्सोसेज प्रा.लि.ले १ हजार ७२९, अल कौसार ह्युमन रिसोर्स प्रा.लि.ले १ हजार ६०५ र ए.एस. इन्टरनेसनल ग्रुप प्रा.लि.ले १ हजार ५९१ जनालाई वैदेशिक रोजगारीमा पठाएको विभागले जनाएको छ।

विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीमा जान कूल ५ लाख ६७ हजार ८३९ जनाले श्रम स्वीकृति लिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *