भारतको दाउ वेष्ट इन्डिजविरुद्ध श्रृंखला

डिसी नेपाल
८ साउन २०७९ १६:१९

काठमाडौं।भारत र वेष्ट इन्डिजबीचको तीन एकदिवसीय श्रृंखलाको दोस्रो खेल आज हुँदैछ । क्विन्स पार्क ओवलमा हुने खेल नेपाली समयअनुसार साँझ सवा ७ बजे सुरु हुनेछ । शिखर धवनको कप्तानीमा रहेको भारतले पहिलो खेलमा वेष्ट इन्डिजविरुद्ध रोमाञ्चक तीन विकेको जित हात परेको थियो ।

दोस्रो खेलमा लगातार जित निकाल्दै भारत श्रृंखला आफ्नो नाममा पार्न चाहन्छ । पहिलो खेलमा सुरुवाती ब्याटिङ गरेको भारतले सात विकेट गुमाउँदै ३०८ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको वेष्ट इन्डिजले ६ विकेट गुमाएर ३०५ रनबाट माथि उढ्न सकेन ।

सन् २००६ पछि वेष्ट इन्डिजले भारतलाई एकदिवसीय श्रृंखलामा पराजित गर्न सकेको छैन । यस खेलमा घुँडाको चोटका कारण भारतका रविन्द्र जडेजा र ह्यामस्ट्रिगका कारण अक्षर पटेल समेत टिमबाट बाहिर हुन सक्छन् । यस्तो अवस्थामा भारतले अर्शदीप सिंहलाई डेब्यु गराउँन सक्ने सम्भावना छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *