देशको लागि विश्वकप जित्नु छ, यसको लागि जे पनि गर्छु – विराट कोहली

डिसी नेपाल
८ साउन २०७९ १७:२०

काठमाडौं । भारतका पूर्व कप्तान विराट कोहली यतिबेला निकै खराब अवस्थाबाट गुज्रिरहेका छन् । उनले साढे दुई वर्षसम्म शतक र पाँच महिना अर्धशतक बनाउन सकेनन्। हालैको इंग्ल्याण्ड भ्रमणमा पनि कोहलीले ६ अन्तर्राष्ट्रिय इनिङ्समा ७६ रन मात्र बनाउन सकेका थिए ।

यो खराब प्रदर्शनका कारण कोहलीको चर्को आलोचना भइरहेको छ । तर यसैबीच कोहलीले आफ्ना फ्यानहरूलाई सन्देश पठाएका छन् । यसलाई आलोचकहरूको जवाफ पनि मान्न सकिन्छ। यो सन्देशमा कोहलीले आफ्नो लक्ष्य बताउँदै यसका लागि जे पनि गर्ने बताएका छन् ।

कोहलीले स्टार स्पोर्ट्सलाई दिएको बयानमा भनेका छन्, ‘मेरो लक्ष्य टीम इन्डियालाई एसिया कप र विश्वकप जिताउन मद्दत गर्ने हो। यसका लागि जे पनि गर्नुपर्छ, म त्यसका लागि तयार छु ।’ सेप्टेम्बरमा श्रीलंकाले एसिया कप आयोजना गर्ने छ, जुन युएईमा हुन सक्छ। यसपछि अक्टोबर–नोभेम्बरमा अष्ट्रेलियामा टी–२० विश्वकप पनि हुने भएको छ । यी दुवै ठूला प्रतियोगिता टी–२० ढाँचामा हुनेछन् ।

अहिले विराट कोहली एक महिना लामो ब्रेकमा छन् । उनी पत्नी अनुष्का शर्मा र छोरी वामिकासँग फ्रान्सको राजधानी पेरिस पुगेका छन् । हालसालै इङ्ल्यान्डविरुद्धको टेस्ट, टी–२० र त्यसपछि एकदिवसीय सिरिज खेलेर कोहली स्वतन्त्र भएका छन् । अब उनले अर्को एक महिना कुनै सिरिज खेल्नु पर्दैन ।

अगस्टमा टीम इन्डियाले जिम्बाब्वेको भ्रमण गर्ने छ । एसिया कप पनि खेल्नेछ । दुवैको तालिका भने सार्वजनिक भएको छैन । यस्तो अवस्थामा कोहलीले लागि एक महिना लामो ब्रेक लिन सक्नेछन् ।

वास्तवमा, इंग्ल्याण्डपछि टीम इंडिया अब वेस्ट इन्डिज भ्रमणमा पुगेको छ । यहाँ भारतीय टोलीले विन्डिजसँग तीन खेलको एकदिवसीय सिरिज खेल्दैछ । जसको कप्तानी शिखर धवनले गरिरहेका छन् । यसपछि रोहित शर्माको कप्तानीमा पाँच टी–२० खेलको शृङ्खला खेलिनेछ । यसका लागि भारतीय टोलीको घोषणा भइसकेको छ । विराट कोहली दुवै सिरिजका लागि छनोट भएनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *