इन्जा ग्रामीण पत्रकारिता पुरस्कार दीपा कर्णलाई

डिसी नेपाल
१० साउन २०७९ १३:५१
60
Shares

काठमाडौं। नेपाली पत्रकारहरूको अन्तरराष्ट्रिय सञ्जाल (इन्जा)ले यस बर्षको इञ्जा ग्रामीण पत्रकारिता पुरस्कार सप्तरीकी दीपा कर्ण र सिन्धुपाल्चोकको मेलम्ची रेडियोलाई प्रदान गर्ने निर्णय गरेको छ।

५० पचास हजार धनराशीसहित कर्ण र मेलम्ची रेडियोलाई पुरस्कृत गर्ने इन्जा निर्णायक मण्डलले गरेको इन्जाका केन्द्रीय उपाध्यक्ष एवं इन्जा एशियाका अध्यक्ष टंक पन्तले जनाए। एक दशकदेखि सप्तरीको स्थानीय रेडियो हुँदै राष्ट्रिय संचार माध्यममार्फत मैथिली भाषाको बिकास, संरक्षण र प्रवद्र्धन एवं मधेशका समाचार प्रवाहमा उल्लेख्य योगदान पुर्‍याउँदै आइकी कर्णले ग्रामीण जीवन, त्यसमा पनि तराईमा लैंगिक समानताका लागि पत्रकारितामार्फत क्रियाशीलता बढाउदै आएकी छिन्।

यस्तै ग्रामीण आवाजलाई उजागर गर्ने उदेश्यले ०६९ सालमा सिन्धुपाल्चोकको मेलम्चीमा प्रसारण सुरु भएको थियो। रेडियो मेलम्चीले १०७.२ मेघाहर्जबाट स्थानीय नागरिकलाई सुसुचित गर्ने र उनीहरूका आवाजलाई जस्ताकोतस्तै सम्प्रेषण गरेर सामुदायिक रेडियोको मर्मलाई आत्मसात गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *