छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

डिसी नेपाल
१० साउन २०७९ १४:००

काठमाडौं। चितवन, कपिलवस्तु, सर्लाही र नवलपरासी (पश्चिम)मा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ। चितवनको भरतपुर महानगरपालिका–३ पुल्चोकस्थित सडकमा आरजे २५ जिए २९३१ नम्बरको ग्याँस बुलेटको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा हाल पहिचान नखुलेकी करिब ४० वर्षीया महिला रहेकी छन्। उनको सोमबार मृत्यु भएको हो। ठक्करबाट गम्भीर घाइते भएकी उनको भरतपुर अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार बुलेट चालकको प्रहरीले खोजी गरिरहेको छ।

कपिलवस्तुको वाणगंगा नगरपालिका–३ सिउटीस्थित सडकमा लु.४२ प ७१३७ नम्बरको मोटरसाइकल सोमबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकलमा सवार सोही नगरपालिका–३ गंगोलिया बस्ने २२ वर्षीय विष्णु परियार रहका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी एडभान्स सिटि जितगढीमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकलका चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।

सर्लाहीको बलरा नगरपालिका–७ डुमरियास्थित सडकमा बीआर ३० डी ९५४१ नम्बरको मोटरसाइकल र बीआर ३० भी ८४९२ नम्बरको मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

नवलपरासी (पश्चिम)को सुस्ता गाउँपालिका–२ सतपत्तीस्थित सडकमा लु.२२ प ३६७५ नम्बरको मोटरसाइकल मंगलबार बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सरावल गाउँपालिका–१ सालबास बस्ने ५३ वर्षीय ओमनाथ फौहदार रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको शहिद स्मृती सामुदायिक अस्पताल चौपत्तामा उपचारको क्रममा मृत्यु भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *