फाइनल पुग्ने दाउमा इंग्ल्यान्ड र स्विडेन

डिसी नेपाल
१० साउन २०७९ १५:२०
84
Shares

काठमाडौ।महिला युरोपियन च्याम्पियनसिपको पहिलो सेमिफाइनमा मंगलबार घरेलु टोली इंग्ल्यान्ड र स्विडेन प्रतिस्पर्धा गर्दैछन् ।इंग्ल्यान्डको सेफिल्डमा हुने खेल नेपाली समयअनुसार राति पौने एक बजे सुरु हुनेछ ।

स्विडेनबिरुद्द मैदान उत्रदै गर्दा घरेलु टोली इंग्ल्यान्ड तेस्रो पटक प्रतियोगिताको फाइनलमा स्थान बनाउने लक्ष्यमा हुनेछ ।प्रतियोगिताको दाबेदार मानिएको घरेलु टोली इंग्ल्यान्ड यसअघि दुई पटक फाइनल प्रवेश गरे पनि उपाधि भने जित्न सकेको छैन ।

यता, स्विडेन भने सन् १९८४ को विजेता टोली हो । विश्व वरीयताको दोस्रो स्थानको स्विडेनले बेल्जियमविरुद्ध इन्जुरी समयमा गोल गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो ।

इंग्ल्यान्ड र स्विडेन अहिलेसम्म २६ पटक आमनेसामने भएका छन् । यसक्रममा इंग्ल्यान्डले मात्र तीन खेल जितेको छ भने स्विडेनले १५ खेल जितेको छ ।युरोपियन च्याम्पियनसिपमा इंग्ल्यान्ड र स्विडेनको यो सातौँ भेट हो । सातमध्ये ६ खेल स्विडेनले जितेको छ भने एक खेल इङल्यान्डले जितेको छ ।

स्विडेनले सन् १९८४ मा इंग्ल्यान्डलाई नै हराएर युरोपियन च्याम्पियनसिपको उपाधि जितेको थियो । स्विडेनले महिला युरोपियन च्याम्पियनसिपको उपाधि जितेको त्यो नै एक पटक मात्र थियो ।

त्यसयता स्विडेन सन् १९८७,१९९५ र २००१ मा फाइनल प्रवेश गरे पनि उपाधि भने जित्न सकेको छैन ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *