दार्चुलामा खोलाले बगाउँदा एक किशोरीको मृत्यु

डिसी नेपाल
१० साउन २०७९ १८:१०

काठमाडौं । दार्चुलामा खोलाले बगाउँदा एक किशोरीको ज्यान गएको छ ।

महाकाली नगरपालिका–३ काटै बस्ने शेर सिंह बडालकी छोरी १४ वर्षीया कविता बडालको आफ्नै घरदेखि करिब ५ सय मिटर टाढा रहेको कलचौडे खोला तर्ने क्रममा खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको खोजी गर्ने क्रममा घटनास्थलदेखि करिब ५ सय मिटर तल शव फेला परेको प्रहरीको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *