बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ

डिसी नेपाल
१० साउन २०७९ २०:२९

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी)ले बैंकिङ कसूर मुद्दाका एक जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका-१७ घर भई हाल काठमाडौंको बाफलमा बस्‍ने ४२ वर्षीया निशा गुरुङ रहेकी छन् ।

सीआईबीको टोलीले गुरुङलाई काठमाडौंको टोखाबाट सोमबार पक्राउ गरेको हो । २०७९ साल वैशाख १३ गते उच्च अदालत पाटनले उनलाई बैंकिङ कसूर मुद्दामा ५ दिन कैद र २३ लाख १४ हजार २५० रुपैयाँ जरिवाना तोकेको थियो ।

पक्राउ परेका उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको सीआईबीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *