पोखरामा भीरबाट लडेर एक जनाको मृत्यु

डिसी नेपाल
१० साउन २०७९ २०:५६

काठमाडौं । पोखरामा भीरबाट लडेर एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नम्बर १७ का ५० वर्षीय मंगल सिंह रहेका छन् ।

कास्की प्रहरीका अनुसार आज बिहान ११स्३५ बजे सिंह आफ्नै घर नजिकैको लामातहरास्थित भीरबाट लडेर गम्भीर घाइते भएका थिए ।

उनलाई प्रहरीको टोलीले उद्धार गरी उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याएको थियो । सिंहको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *