भारतीय ‘कन्ट्रयाक्ट किलर’लाई ५०\५० हजार रुपैयाँ दिएर आफ्नै भाइबुहारीको हत्या!

डिसी नेपाल
१० साउन २०७९ २१:३३

काठमाडौं । बाँकेको कोहलपुर–१४ पार्वतीपुरमा मंगलबार विहान मृत भेटिएका दम्पतीको आफ्नै दाजु भाउजुले ‘कन्ट्रयाक्ट किलर’ प्रयोग गरेर हत्या गरिएको पाइएको छ । पारिवारिक रिसिबीको कारण आफ्नै दाजु भाउजुले ‘भारतीय कन्ट्रयाक्ट किलर’को प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी बाँकेका प्रमुख तथा प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले बताए ।

२५ वर्षीय श्रीमान कृष्णकुमार गडरिया र २३ वर्षीया श्रीमती अञ्जली गडरियाको आफ्नै दाई भाउजुले भारतीय कन्ट्रयाक्ट किलरको प्रयोग गरी हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुलेको हो ।

प्रहरी उपरिक्षक अधिकारीले मृतक कृष्णका दाई विजय र भाउजु रेखाले भारतबाट दुई जना कन्ट्रयाक किलरलाई बोलाएर हत्या गराएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । यद्यपी बिहान उनीहरु दुबैको हत्यको खबर प्रहरीलाई आरोपित भाउजु रेखाले नै दिएकी थिईन ।

प्रहरी उपरिक्षक अधिकारीले उनीहरुको हत्या गर्न भारतबाट ५०\५० हजार रुपैयाँ दिएर दुई जनालाई बोलाइएको र सोमबार राती ११ देखि १२ बजेको बीचमा कृष्ण र अञ्जलीको हत्या भएको हुनसक्ने प्रारम्भिक अनुसंन्धानले देखाएको छ ।

प्रहरी नियन्त्रणमा परेका विजयले दिएको शुरुवाती बयान अनुसार मृतक अञ्जलीले आफ्नो श्रीमान कृष्णकुमार र ससुरा पिरनलाई उक्साएर जेठाजु विजयलाई पिट्न लगाएको रिसमा विजयले बुहारीलाई मार्न लगाउँदा दुबैजनाको हत्या भएको थियो । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा मृतकका दाजु बिजय र भाउजु रेखालाई नियन्त्रणमा लिएर सार्वजनिक गर्नुको साथै घटनामा संलग्न अन्यको खोजी भई रहेको जनाएको छ । प्रहरीले हत्याको योजना बनाएको समेत भिडियो क्लिप फेला पारेको जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *