महेन्द्र नारायण निधी प्रदेशस्तरी क्रिकेट प्रतियोगिताका विजेता खेलाडीलाई नगदसहित सम्मान

डिसी नेपाल
१२ साउन २०७९ १३:०३
20
Shares

सप्तरी।महेन्द्र नारायण निधी प्रदेशस्तरी क्रिकेट प्रतियोगिताका विजेता टोलीलाई नगद तथा प्रमाणसहित सम्मान गरिएको छ । सम्मान कार्यक्रममा राजविराज नगरपालिकाका उपप्रमुख इसरत परवीनले विजेता टोलीका खेलाडीहरूलाई नगद १२ हजार ५ सय तथा प्रमाणपत्रसहित सम्मान गरेकी हुन्।

सम्मानीत हुनेहरूमा सप्तरी टिमका कप्तान महबुब आलम, राहुल मण्डल, अभिशेक कार्की, रोहित सिंह, अमित यादव, निरज यादव तथा राज बर्मा रहेका छन्।

यसैबीच उपप्रमुख परविनले सप्तरी अम्पाएर तथा स्कोरर संघका निर्वाचित अध्यक्ष निरज सिंहसहितका पदाधिकारीहरूलाई समेत प्रमाणपत्र प्रदान गरी सम्मान गरिएकी हुन्।

गत असार १७ गतेदेखि २० गतेसम्म बालबालिका, महिला, युवा तथा खेलकुद मन्त्रालयसँगको साझेदारीमा तथा मधेश क्रिकेट संघको सहयोगमा सप्तरी क्रिकेट संघद्वारा आयोजित प्रदेश स्तरी महेन्द्र नारायण निधी प्रदेश स्तरीय क्रिकेट प्रतियोगितामा सप्तरीले सिरहालाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *