स्पेनमा मंकीपक्सबाट दोस्रो व्यक्तिको मृत्यु

डिसी नेपाल
१५ साउन २०७९ ६:५४
40
Shares

म्याड्रिड। स्पेनमा मंकीपक्सबाट दोस्रो व्यक्तिको मृत्यु भएको जनाएको छ। यसअघि मंकीपक्सबाट एक जनाको मृत्यु भएको थियो। ३ हजार ७५० विरामीमध्ये १२० जना अस्पताल भर्ना भएका छन् र दुई जनाको मृत्यु भएको छ’ स्पेनको स्वास्थ्य मन्त्रालयले भनेको छ।

यसले पीडितहरू ‘दुई युवा पुरुष’ रहेका र दुबै केसहरूमा थप ‘महामारीसम्बन्धी जानकारी’ संकलन गर्न अध्ययन भइरहेको बताएको छ।स्पेनको स्वास्थ्य मन्त्रालयको आपतकालीन र सतर्कता समन्वय केन्द्रका अनुसार स्पेनमा ४ हजार २९८ जना संक्रमित भएका छन्। स्पेन विश्वको सबैभन्दा बढी प्रभावित देशहरू मध्ये एक हो।

यसअघि युरोको अर्को देश ब्राजिलमा मंकीपक्सबाट एक जनाको मृत्यु भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *