चीनलाई सुरक्षाको डरले सताउँदै, सी जिनपिङले भने- सेनामा भरपर्दो मान्छे मात्र भर्ना गर्नुपर्छ
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले देशको आन्तरिक सुरक्षाप्रति चिन्ता व्यक्त गरेका छन् । साथै चीनको सेनाको नेतृत्व सत्तारुढ कम्युनिष्ट पार्टीप्रति वफादार ‘विश्वसनीय व्यक्ति’लाई मात्रै दिनुपर्ने चेतावनी पनि दिएका छन्, जसले गर्दा विश्वको सबैभन्दा ठूलो र शक्तिशाली सेनाको दर्जामा अरु कुनै देशले चुनौती नदेओस् । ..
अगस्ट १ मा चीनको जनमुक्ति सेनाको गठन भएको ९५ वर्ष पूरा हुनेछ। जनमुक्ति सेना विश्वको सबैभन्दा ठूलो सेना हो। यसअघि बिहीबार सेनाको तालिम र शक्तिको विषयमा आयोजित एक अध्ययन सत्रमा बोल्दै चिनियाँ राष्ट्रपतिले भने, ‘सैनिक भर्ती गर्दा राजनीतिक इमान्दारीतामा जोड दिनुपर्छ ताकि सेनामाथि पार्टीको पूर्ण नेतृत्व कायम रहोस् ।”
आफ्नो विज्ञप्तिमा जिनपिङले युद्धको प्रकोप र विश्वमा जारी अशान्तिलाई औंल्याउँदै भने – सेनाका कर्मचारीहरूको एउटै उद्देश्य हुनुपर्छ, त्यो हो कि उनीहरूले मिलेर लड्न र जित्न सक्ने सेना निर्माण गर्नुपर्छ। मुलुकले राष्ट्रिय सुरक्षामा बढ्दो अस्थिरता र अनिश्चितताको सामना गरिरहेको छ ।
जिनपिङको यो भनाइ यस्तो बेला आएको हो जब चीन र अमेरिकाबीच लगातार तनाव भइरहेको छ । विशेषगरी ताइवानको मुद्दामा दुवै देश आमनेसामने छन् ।
अमेरिकी कंग्रेसकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गर्न सक्नेछिन् । न्यान्सी पेलोसीले ताइवानको यात्रा गरेमा अमेरिकाले नोक्सान बेहोर्ने चीनले अमेरिकालाई चेतावनी दिँदै उनको भ्रमणको खबर आएपछि चीन आक्रोशित भएको छ।
यहाँ जुलाई २९ मा चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भिडियो कलमार्फत दुई घण्टाभन्दा बढी कुराकानी भएको थियो । ताइवानको मुद्दामा चीनले अमेरिकालाई चेतावनी दियो कि १.५ अर्ब चिनियाँ नागरिकले देशको राष्ट्रिय सुरक्षा, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई कायम राख्नुपर्छ भन्ने विश्वास गर्छन्।







डिसी नेपाल







Facebook Comment